कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

1 Min Read

कार्तिक२३ – कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको हो ।

हङकङको मोङ कोकमा आज भएको फाइनलमा पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कुवेतले ५ ओभर १ बलमा ६ विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । कुवेतका मीट भावसारले ३३, अदनान इद्रीसले ३० रन बनाए । पाकिस्तानका माज सदाकतले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रन बनायो । पाकिस्तानका कप्तान अब्बास अफ्रिदीले ५२, अब्दुल समादले ४२ रन बनाए । हङकङका मीट भावसारले ३ विकेट लिए ।

१२ वटा टोली सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रह्यो । नेपालभन्दा पछि भारत रह्यो ।

Share This Article
Leave a Comment