पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेको विरोध प्रदर्शन

1 Min Read

चैत १४– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरूले काठमाडौंको चावहिल क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् ।
ओलीको तत्काल रिहाइको माग गर्दै सडकमा उत्रिएका कार्यकर्ताहरूले नाराबाजी गर्नुका साथै सरकारविरुद्ध चर्को विरोध जनाएका छन् । प्रदर्शनका कारण चावहिल क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ ।
एमाले कार्यकर्ताहरूले ओलीसहित अन्य पक्राउ परेका व्यक्तिहरूको रिहाइ माग गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
ओली र एक लेखकलाई पक्राउ गरेसँगै देशको राजनीतिक अवस्था थप तरङ्गित बनेको छ । विभिन्न दल तथा राजनीतिक वृत्तमा यस घटनाले नयाँ बहस सिर्जना गरेको छ ।

Share This Article
Leave a Comment