कार्तिक २५- मोरङको बूढीगंगा गाउँपालिकाका विपन्न समुदायका महिलाहरुलाई स्वरोजगार बनाउन १० दिने डकर्मी तालिम सुरु भएको छ ।
बूढीगंगा गाउँपालिका वडा नम्बर ४ को समन्वयमा विपन्न महिलाहरुलाई स्वरोजगार बनाउन डकर्मी तालिम सञ्चालन गरिएको हो ।
राष्ट्रिय अपांग पुर्नस्थापना समाज काठमाडौंको आयोजना तथा स्टान्डर्ड चार्टर्ड बैंकको सौजन्यमा सोमबारबाट सुरु भएको तालिमको बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले विपन्न समुदायका महिलालाई लक्षित गरी आयोजित तालिम उपलब्धिमूलक हुनेमा विश्वास व्यक्त गरे । सीपयुक्त व्यक्तिले मात्रै राम्रो आयआर्यन गर्न सक्ने भन्दै अध्यक्ष मगरले भने, ‘हातमा सीप भएमा कोही पनि भोकै बस्नु पर्दैन । यो तालिमपछि महिलाहरु आयआर्जन गरी स्वरोजगार हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।’
सो तालिम आत्मनिर्भर समाजका अध्यक्ष श्री सुरेन्द्र थापाको संयोजकत्वमा सञ्चालन गरिएको हो ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (ल्क्ष्द्यी) को सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ८ जना महिला र १० जना पुरुष गरी कुल १८ जना सहभागी रहेका छन् ।
तालिमको उद्देश्य स्थानीय युवालाई रोजगारमुखी बनाउन तथा गाउँपालिकामा आर्थिक सशक्तीकरण प्रवद्र्धन गर्ने रहेको आयोजक समितिले जनाएको छ ।कार्यक्रममा गाउँपालिकाका प्रतिनिधिहरू, प्रशिक्षकहरू तथा सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

