गौरादह १ का विपन्न दिर्घ रोग पीडितलाई स्वास्थ्य बीमा

1 Min Read

३ असोज, झापा ।  दसौं संविधान दिवसको अवसरमा गौरादह नगरपालिका वडा नम्बर १ का दीर्घ रोग पिडित विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कामको सुभारम्भ गरिएको छ ।

आज नगर प्रमुख छत्रपती सुवेदीले क्यान्सर पीडित सुमित्रा ताजपुरियाको घरमै पुगि स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ  गर्नुभएको हो ।  कार्यक्रम अन्तर्गत  वडा भित्रका  दिर्घरोग बाट पीडित ४०  विपन्न  परिवारको बीमा गरिने वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

वडा नम्बर १ ले अघिल्ला वर्षहरुमा पनि विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने गरेको भएपनि यस बर्ष विपन्न दीर्घ रोगीलाई स्वास्थ्य उपचारमा कठिनाई देखिएकाले उहाँहरुलाइ सहयोग पुगोस् भनेर कार्यक्रम राखिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

एक विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै कार्यकमको शुभारम्भ गरिएको र अब क्रमशः त्यस्ता दीर्घ रोग पिडित विपन्न परिवारको पहिचान गरि बीमा गरिने वडाधयक्ष भण्डारीले जानकारी दिनुभयो ।

Share This Article
Leave a Comment