किस्ट मेडिकल कलेजमा सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड

1 Min Read

काठमाडौँ — किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तीन दिनअघि सुत्केरी महिलाको मृत्यु भएको घटनापछि तोडफोड भएको छ ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार घटनास्थलमा थप झडप नहोस भनेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।राईको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै ढुंगामुढा र तोडफोड गरेका छन् ।

२५ वर्षीया मिनाश्री राईको सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

Share This Article
Leave a Comment