झापा महिला गोल्डकपमा आज एपीएफ क्लब र सिङलिङ एस.सी बीच प्रस्तिपर्धा हुँदै

1 Min Read

झापा– झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ ।

यही कात्तिक २४ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ८ गोलले पराजित गर्यो ।

आठ वटा टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Share This Article
Leave a Comment