सुनको भाउ घट्यो

1 Min Read

कार्तिक १९सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

Share This Article
Leave a Comment