विदेशमा हुनुहुन्छ, राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै बन्न सकिन्छ मतदाता

1 Min Read

२७ कात्तिक- सरकारले आजबाट राष्ट्रिय परिचयपत्र लिएका नागरिकका लागि सहज हुनेगरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आयोगले आजैबाट लागू हुनेगरी यो व्यवस्था अघि बढाएको हो ।यो सँगै राष्ट्रिय परिचयपत्र लिएका नेपालीले अनलाइनबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन् ।

निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने छन् ।

सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ ।

तर, ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको विवरण छुट्नसक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो ।

Share This Article
Leave a Comment