घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

1 Min Read

   मंसिर २१- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गले चुनाव गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले घोषित मितिमै चुनाव सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गर्नुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराउनुभयो । सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत खरेलले बताउनुभयो ।

Share This Article
Leave a Comment