पत्रकार महासंघ झापाको ३७औं स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

1 Min Read

१० पुस- नेपाल पत्रकार महासंघ झापा शाखाको ३७औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान र कार्यालयमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।

हाल झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ झापाले रक्तदान कार्यक्रम गरेर मनाएको बताइएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि ढकालले दान मध्येको महादान रक्तदानको आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्वपूर्ण पुण्यकार्य गरेको भन्दै प्रशंसा गरे । उनले रगतको अभाव पूरा गर्न स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए । ब्लड डोनर्स सोसाइटी झापाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा महासंघका सदस्य, सुरक्षाकर्मी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

Share This Article
Leave a Comment