झापामा प्रतिनिधिसभा निर्वाचनका लागि उमेश प्रसाद लुईटेल मुख्य निर्वाचन अधिकृत नियुक्त

1 Min Read

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको हो ।

२३ पुष, झापा ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले झापामा मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।
निर्वाचन आयोगको निर्णयअनुसार झापाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत झापाका जिल्ला न्यायाधीश उमेश प्रसाद लुईटेललाई नियुक्त गरिएको छ।


यसैगरी झापाका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतहरू तोकिएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर १ मा गोपी विश्वकर्मा, क्षेत्र नम्बर २ मा महेश प्रसाद खत्री, क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुईटेल स्वयं, क्षेत्र नम्बर ४ मा भीम प्रसाद भूर्तेल तथा क्षेत्र नम्बर ५ मा बिदुर कुमार कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको निर्वाचन आयोगले जनाएको छ।

Share This Article
Leave a Comment