निर्वाचन प्रहरीमा आवेदन खुल्यो, माघ १ गतेसम्म दिन सकिन्छ

1 Min Read

फाइल तस्विर

२४पुष, झापा । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुल्यो। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि आवेदन खुलाएको जनाएको छ।
निर्वाचन प्रहरीमा आवेदन दिन इच्छुक नेपाली नागरिकले १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका हुनुपर्छ। आवेदन माघ १ गतेसम्म दिन सकिनेछ।


पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश पाएका र सुरक्षा निकायमा शारीरिक तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्राथमिकता दिइनेछ।
फौजदारी कसुरमा सजाय पाएको नभएको र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने शर्त तोकिएको छ।

Share This Article
Leave a Comment