११ माघ—साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले लिग चरणको अन्तिम खेलमा भूटानलाई ५–३ गोलले पराजित गरेको छ ।
थाइल्यान्डको बैंककस्थित हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै प्रतियोगिता चौथो स्थानमा रहँदै समाप्त गरेको हो ।
नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । तेस्रो खेलमा भारतसँग ८–१ गोल र चौथो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको नेपालले पाँचौँ खेलमा पाकिस्तानलाई ५–१ गोलले हराएको थियो ।
महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ । लिग चरणमा शीर्ष स्थानमा रहँदै बङ्गलादेश च्याम्पियन बनेको हो ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनशिपमा महिला फुटसलले पनि ऐतिहासिक सुरुआत गरेको छ ।
साफ महिला फुटसल: भूटानमाथि ५–३ को जितसहित नेपाल चौथो स्थानमा
Leave a Comment
Leave a Comment

