आयोजक धरान सेमिफाइनलमा

1 Min Read

माघ २३- धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा हिजोदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरानले भारतको कालेबुङस्थित जर्जियन क्लबलाई टाइ–ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाइ–ब्रेकरको सहारा लिइएको थियो । टाइ–ब्रेकरमा धरानका विवेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए ।
जर्जियन क्लबका तर्फबाट सरद मुन्डा र सेइजाले गोल गरे पनि जितका लागि त्यो पर्याप्त भएन ।
प्रतियोगिताअन्तर्गत आज झापा–११ (नेपाल) र रोयल थिम्पु (भुटान) बीच प्रतिस्पर्धा हुनेछ ।

Share This Article
Leave a Comment