राष्ट्रिय प्रजातन्त्र दिवस आज, सार्वजनिक बिदा

1 Min Read

फागुन ७– आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
वि.सं. २००७ साल फागुन ७ गते एकतन्त्रीय राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको हो। यही ऐतिहासिक जगमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना, २०६३ सालमा लोकतन्त्र प्राप्ति तथा २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। २०७२ साल असोज ३ गते संविधान जारी भएसँगै व्यवस्था संस्थागत भएको हो।
यद्यपि, व्यवस्थागत परिवर्तन भए पनि नागरिक असन्तुष्टि भने कायम रहेको छ। गत भदौ २३ र २४ गते नवयुवाहरूले प्रदर्शन गरेका थिए। सोही पृष्ठभूमिमा आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

Share This Article
Leave a Comment