१४ चैत्र— भदौ २३–२४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं सक्रिय भएको छ। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवेदन कार्यान्वयनको काम तत्कालै शुरू गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तयार पारेको प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक हाल प्रहरी हिरासतमा रहेका छन्।
प्रहरीले प्रतिवेदनमा उल्लेख गरिएका अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्दै पक्राउ प्रक्रिया पनि अघि बढाउने जनाएको छ। साथै, प्रतिवेदनमा समेटिएका विषयमा विस्तृत अनुसन्धान गरिने बताइएको छ।
सरकारले सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा थप अध्ययन गरेपछि त्यससम्बन्धी निर्णय कार्यान्वयनमा लैजाने तयारी गरेको छ। अन्य व्यक्तिहरूलाई भने प्रतिवेदनअनुसार नियन्त्रणमा लिइनेछ।
‘गृह मन्त्रालयबाट कार्यान्वयनका लागि पत्र प्राप्त भइसकेकाले हाम्रो कार्यक्षेत्रभित्रका कामहरू तत्काल शुरू गर्छौँ,’ एसपी भट्टराईले बताए।
जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन शुरू
Leave a Comment
Leave a Comment

