चैत २२ मा सभामुख निर्वाचन, २० गते मनोनयन

1 Min Read

 चैत १८ गते । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
उहाँका अनुसार बिहीबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव पेश गरिनेछ। साथै, नयाँ नियमावली नबन्दासम्म हालकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्दै पहिलो बैठकबाटै नयाँ नियमावली प्रतिस्थापन प्रक्रिया अघि बढाइनेछ।
बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्य चयन प्रक्रिया सुरु गर्ने तथा शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा पनि सहमति जुटेको छ।
यसैगरी, पहिलो बैठकमा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेत खुम्बु ओलीले संसद् नियमावली संशोधनमा सबै दल सकारात्मक रहेको र कार्यव्यवस्था परामर्श समितिमा समान सहभागिता हुनुपर्ने धारणा राख्नुभयो। उहाँले संसद्मा सहकार्य र समन्वयसहित प्रभावकारी भूमिका खेल्ने बताउनुभयो।

Share This Article
Leave a Comment