चैत १९ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विगतको राजनीतिक इतिहास स्मरण गर्दै अब देशमा हिंसात्मक सङ्घर्ष दोहोरिन नदिन सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भविष्यमा कसैले पनि रगत बगाउन नपर्ने अवस्था सिर्जना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। विभिन्न आन्दोलन र त्यागको स्मरण गर्दै उहाँले नागरिकमा नयाँ आशा र विश्वास जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेता आङ्देम्बेले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रप्रति इमानदार बन्न सबैलाई आग्रह गर्दै ‘इमानको पसिना बगाउने’ सङ्कल्प गर्नुपर्ने धारणा राख्नुभयो। साथै, विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यलाई चिर्न जरुरी रहेको उहाँको भनाइ थियो।
अब फेरि कसैले कहिल्यै रगत बगाउन नपरोस् : भीष्मराज आङ्देम्बे
Leave a Comment
Leave a Comment

