आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

1 Min Read

२० बैशाख ,झापा — विश्व प्रेस स्वतन्त्रता दिवस ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित आज मनाइँदैछ ।
अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा ३५ वर्षअघि आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो। त्यसैअनुसार मे ३ मा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । संचार क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंल्याउन सकिन्छ । नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको सर्वोपरि भूमिका रहेको संचार क्षेत्रको भूमिका सङ्कुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो ।
सञ्चार माध्यमसँग आबद्धलाई व्यावसायिक आचारसंहिता परिपालना तथा प्रेस स्वतन्त्रताबारे झकझकाउने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ ।

Share This Article
Leave a Comment