जेठ २३ – सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवम् सहकार्य हुनुपर्ने बताउनुभएको छ । अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उहाँले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभएको हो ।
तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड छ । सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो ।

