लोक सेवा आयोगद्वारा खरिदार पदको प्रथम चरणको नतिजा सार्वजनिक

1 Min Read

जेठ २३ — लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालय काठमाडौंले शनिबार सूचना जारी गर्दै रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक) अन्तर्गत खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको जनाएको हो। लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नम्बर १६३०२–१६३०५/०८२–८३ (खुला तथा समावेशी) अन्तर्गत एकीकृत सेवा/समूहका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगले उत्तीर्ण उम्मेदवारहरूलाई दोस्रो चरणको परीक्षासम्बन्धी सूचना तथा आवश्यक विवरण आयोगको आधिकारिक माध्यमबाट प्राप्त गर्न अनुरोध गरेको छ।

Share This Article
Leave a Comment