भोटेकोशी बाढीमा १७७ जनाको मृत्यु, सयौँ सम्पर्कविहीन

1 Min Read

११ भाद्र – भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म १७७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका, ७ बालक र ४७ जनाको पहिचान खुलेको छैन।
बाढी प्रभावित विभिन्न जिल्लामा शव भेटिने क्रम जारी छ। ३४१ विदेशी पर्यटकसहित ४०३ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। सम्पर्कविहीन पर्यटकमा भारतीय, अमेरिकी, बेलायती, अष्ट्रेलियन, क्यानेडियनलगायत विभिन्न देशका नागरिक छन्।
यसैबीच, रसुवामा नेपाल प्रहरीका २८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि सम्पर्कविहीन भएका ६६ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आए पनि बाँकीको खोजी जारी छ।
बाढीबाट भएको मानवीय क्षति र बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

Share This Article
Leave a Comment