त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार

1 Min Read

भदौ १९– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो । २ जनाको उद्धारसँगै सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ । बाढीका कारण सुरुङको प्रवेशद्वार लेदो, माटो, ढुंगा र ठूला चट्टानले पुरिएको थियो । उद्धार टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गर्दै सुरुङको प्रवेशमार्ग खोल्ने प्रयास गरेको थियो ।

उद्धार टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेपछि त्यहाँ अझै जीवित व्यक्ति रहेको आशा बलियो बनेको हो ।

Share This Article
Leave a Comment