भोटेकोशी पीडितका लागि गौरादह नगरपालिकाका तर्फबाट ४२ लाख ९३ हजार ५ सय जम्मा गरिने

1 Min Read

भदौ १९ , गौरादह — रसुवाको भोटेकोशी नदीमा गत भाद्र १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण पिडित हरुको राहत तथा उद्दारका लागि गौरादह नगरपालिकाका तर्फबाट राहत कोषमा ४२ लाख ९३ हजार ५ सय रुपैयाँ सहयोग गरिने भएको छ ।
हिमताल–हिमपहिरोबाट सिर्जित बिनासका कारण ठूलो जनधनको क्षति भएपछि गौरादह नगरपालिका परिवारका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको हो ।

नगर प्रमुख छत्रपती सुवेदी सुवेदीको अध्यक्षतामा भाद्र १६ गते बसेको नगर कार्यपालिकाको बैठको निर्णय बमोजिम गौरादह नगरपालिकाको कार्यालय, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरू सबैको सरसल्लाहमा एकमुष्ट रूपमा संकलन गरिएको नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगर श्रोतले जनाएको छ ।

Share This Article
Leave a Comment