असोज ९ – कोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ ।
सप्तकोशीमा पानीको बहाव बढेपछि ब्यारेज अहिले ‘रेड अलर्ट’ अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन गरिएको छ ।
‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ सीडीओ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था छैन । तर, हामी अलर्टमा छौँ ।’
हाल कोशी पुल भएर चल्ने सवारीसाधनको आवागमन भने रोकिएको छैन ।

