१५ असोज- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले दक्ष युवा जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले युवालाई स्वदेशमै भविष्य देखाउन ठोस कार्ययोजना र कानुनी सुनिश्चितता आवश्यक रहेको बताए। शिक्षा प्रणाली र श्रम बजारबीचको खाडलका कारण राज्यले दक्ष जनशक्ति गुमाइरहेको उनको भनाइ थियो।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्नुपर्नेमा जोड दिँदै उनले भने, ‘शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा अनि बुढेसकालमा फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ।’
उनले गैरआवासीय नेपालीको भावना समेट्दै आवश्यक नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराए।
देश बनाउने उमेरमा विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : सांसद श्रीराम न्यौपाने
Leave a Comment
Leave a Comment

