१६ असोज- राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रश्तुत गरेका थिए ।
आजको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।
यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ ।यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

