राष्ट्रपतिसँग सभामुखको भेट

1 Min Read

१६ असोज- सभामुख डोलप्रसाद (डिपी)अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आइपियू) को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए । 

भेटका क्रममा सभामुख अर्यालले महासभामा नेपालको सहभागिता तथा प्रतिनिधिमण्डलको भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएकाे जनाइएको छ।

अन्तरव्यवस्थापिका संघको महासभामा विश्वका विभिन्न मुलुकका संसद्का प्रतिनिधिहरूको सहभागिता रहने गर्दछ। नेपालको संसदीय प्रतिनिधिमण्डलले महासभामा नेपालको तर्फबाट सहभागिता जनाउनेछ।

Share This Article
Leave a Comment