बुढीगण्डकी नदीमा बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

1 Min Read

आश्विन २५ – बुढीगण्डकी नदीमा एक्कासी बाढी आएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहाव बढेको हो । आज बिहान ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनेको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताइन् ।

चुमनुव्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको गुरुङले बताइन्।

लगत्तै केही स्थानीय बासिन्दा र पर्यटक सुरक्षित ठाउँमा पुगेका छन् । खोला केहीबेर रोकिने र फेरि बग्ने गरेको छ ।खोला सुक्खा पहिरोले थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उग्युलुङ र स्यार खोला बुढीगण्डकी नदीका सहायक खोला हुन् । बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । 

Share This Article
Leave a Comment