लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर

9 Min Read

१. तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल), २०२६ को आयोजना मिति कुन हो ?

 सन् २०२६ अक्टोबर २६–नोभेम्बर २१

– स्थान : अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर

– उद्घाटन : प्रधानमन्त्री वालेन्द्र शाहद्वारा ।

– सहभागी टोली : ८

– पहिलो खेल : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स (लुम्बिनी लायन्स विजयी)

– कुल खेल : ३२

– सन् २०२६ अक्टोबर १६ मा आइसिसीले एनपिएललाई ‘लिस्ट ए टी–२०’ को मान्यता प्रदान गरेको ।

– यस संस्करणमा पहिलोपल्ट डिआरएस प्रणालीको सुरुवात भएको ।

– पहिलो संस्करण : सन् २०२४ नोभेम्बर ३० – डिसेम्बर २१ विजेता : जनकपुर बोल्ट्स, उपविजेता : सुदूरपश्चिम रोयल्स

– दोस्रो संस्करण : सन् २०२५ नोभेम्बर १७ – डिसेम्बर १३

– विजेता : लुम्बिनी लायन्स, उपविजेता : सुदूरपश्चिम रोयल्स

२. विश्व भोकमरी सूचकाङ्क २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

 ७२ औँ

– कुल १२२ देशमध्ये नेपाल १४.५ अङ्कसहित ७२ औँ स्थानमा रहँदै मध्यम श्रेणीमा सूचीकृत भएको ।

– पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन सन् २००० को ५५.९ प्रतिशतबाट हाल २६.२ प्रतिशतमा सीमित भएको ।

– गणनाका चार सूचक : अपर्याप्त क्यालोरी सेवन, उमेर अनुसार उचाइ कम हुनु (पुड्कोपन), उचाइ अनुसार तौल कम हुनु (ख्याउटेपन) र पाँच वर्षमुनिको बाल मृत्युदर समावेश गरिएको ।

– विश्वको औसत १८.१ अङ्क रहँदा दक्षिण एसियाको क्षेत्रीय औसत २३.५ अङ्क रहेकाले यस क्षेत्रमा भोकमरीको समस्या विश्व औसतभन्दा बढी गम्भीर देखिएको ।

३. सन् २०२७ मा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्क समूहको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षता कुन देशले समाल्ने भएको छ ?

 पाकिस्तान

– थाइल्यान्डको बैङ्ककमा आयोजित बैठकबाट पाकिस्तानका आर्थिक मामिला मन्त्री एवम् विश्व बैङ्कका गभर्नर अहद खान चीमा आगामी अध्यक्षका रूपमा चयन भएका ।

– ड्ब्ल्युबिजी–आईएमएफको वार्षिक बैठक थाइल्यान्डको बैङ्ककमा अक्टोबर १२ देखि १८ सम्म आयोजना भएको ।

– विश्व अर्थतन्त्रका समसामयिक चुनौतीमाथि छलफल गर्न १९१ देशका गभर्नर तथा नीति निर्मातासहित १५ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको ।

४. ७१ औँ प्रहरी दिवसका अवसरमा ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार’ कसलाई प्रदान गरियो ?

 सुवास भट्ट (प्रहरी नायब उपरीक्षक–डिएसपी)

– फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन र व्यावसायिक निष्ठा प्रदर्शन गरेबापत सो पुरस्कार प्रदान गरिएको ।

– २०८२ फागुन महिना बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका ।

– गोरखा जिल्ला निवासी भट्ट विसं २०७० मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका ।

५. हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक मान्यताप्राप्त गर्न सफल नेपालको घरेलु क्रिकेट प्रतियोगिता कुन हो ?

 नेपाल प्रिमियर लिग (एनपिएल)

– विसं २०८३ असोज ३० (सन् २०२६ अक्टोबर १६) गते क्यानद्वारा प्रेस विज्ञप्ति जारी गरी आइसिसीबाट मान्यता पाएको जानकारी दिइएको ।

– आइसिसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको ।

– आगामी मङ्सिर पहिलो हप्ता काठमाडौँमा आइसिसीको एसिया सम्मेलन आयोजना गर्ने तय भएको ।

– एसिया सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले एनपीएलको फाइनलसहित दुई खेल प्रत्यक्ष अवलोकन गर्ने बताइएको ।

६. लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमद्वारा प्रदान गरिने प्रतिष्ठित ‘वाइल्ड लाइफ फोटोग्राफर अफ दी इयर २०२६’ को उपाधि विजेता फोटोग्राफर को हुन् ?

 फेडेरिको भेरोनेसी

– नामिबियाको हुब नदी उपत्यकामा मृत बच्चालाई सुँड र दाह्राको बिचमा च्यापेर हिँडिरहेको पोथी हात्तीको भावुक दृश्य कैद गरिएको तस्बिरका लागि इटालियन फोटोग्राफर भेरोनेसीले सो अवार्ड जितेका ।

– विगत २० वर्ष लामो वन्यजन्तु फोटोग्राफी यात्रामा यो घटना सबैभन्दा हृदयविदारक भएको फोटोग्राफरले बताएका ।

– लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमद्वारा सन् १९६५ देखि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित आयोजना हुँदै आएको ।

७. विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस कहिले मनाउने गरिन्छ ?

 अक्टोबर १३

– सन् २०२६ को नारा : उत्थानशीलताको सुरुवात घरबाटै हुन्छ ।

– घर तथा आवासलाई सुरक्षित, किफायती र स्थानीय विपत् जोखिम सामना गर्न सक्षम बनाउने लक्ष्य लिइएको ।

– अनियन्त्रित मानवीय क्रियाकलाप, प्राकृतिक स्रोतको अविवेकी प्रयोग र जलवायु परिवर्तनले विपत्को जोखिम थप बढाएको ।

– जटिल भूबनोट, भौगोलिक विविधता र फरक हावापानीका कारण नेपाल भूकम्प, बाढी तथा पहिरो जस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको ।

८. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदन अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

 ३.६ प्रतिशत

– आईएमएफले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत र सन् २०२७ मा ३.७ प्रतिशत रहने प्रक्षेपण गरेको ।

– सन् २०२५ को अनुमानित ४.४ प्रतिशतको तुलनामा आगामी दुई वर्ष नेपालको आर्थिक विस्तार सुस्त भई ४ प्रतिशतभन्दा तल नै रहने जनाइएको ।

– सन् २०२६ मा महँगीको दबाब केही कम भए पनि सन् २०२७ मा उपभोक्ताले पुन: मूल्यवृद्धिको सामना गर्नुपर्ने सङ्केत देखिएको ।

– पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको अवरोधले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र प्रभावित हुन सक्ने प्रतिवेदनले जनाएको ।

९. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाउने गरिन्छ ?

 अक्टोबर १०

– सन् २०२६ को नारा : जीवन्त अनुभवको सुनुवाइ : वास्तविक आवाज, वास्तविक परिवर्तन ।

– विश्व मानसिक स्वास्थ्य महासङ्घको पहलमा सन् १९९२ देखि सुरु भई सन् १९९४ देखि विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा वार्षिक नारासहित मनाउन थालिएको ।

– सामाजिक सङ्कोच, नकारात्मक धारणा र विभेदका कारण समस्यामा परेका व्यक्तिहरूले समयमै परामर्श तथा उपचार लिन हिचकिचाउने अवस्थालाई प्रभावकारी ढङ्गले सुधार कार्य अघि बढाउनुपर्ने ।

– मानसिक स्वास्थ्य सेवाको विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण र पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको ।

१०. प्रतिष्ठित ‘बालोन डी’ओर’ अवार्ड २०२६ विजेता फुटबलर को–को हुन् ?

 पुरुषतर्फ : ह्यारी केन (इंग्ल्यान्ड/बायर्न म्युनिख)

– महिलातर्फ : एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना)

– सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन केनले महत्वपूर्ण भूमिका खेलेका ।

– स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक महिला बालोन डी’ओर हात पार्न सफल भएकी ।

११. हालै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको आयोजना कहिले र कहाँ सम्पन्न भयो ?

 विसं २०८३ असोज २७–२८, विराटनगर, कोशी प्रदेश

– आयोजना : कोशी प्रदेश सरकार

– विराटनगर घोषणापत्र जारी ।

– सङ्घीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा तय गरिएको ।

– आयोजक कोशीसहित मधेश (कृष्णप्रसाद यादव), बागमती (किरण थापामगर), गण्डकी (सुरेन्द्रराज पाण्डे), लुम्बिनी (चेतनारायण आचार्य) र कर्णाली (मङ्गलबहादुर शाही) गरी ६ प्रदेशका मुख्यमन्त्री सहभागी भएका ।

– सुदूरपश्चिम प्रदेशको तर्फबाट प्रमुख सचिव उत्तरकुमार खत्रीको सहभागिता रहेको ।

– सम्मेलनमा प्रदेशहरूका प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तासहितको टोली सामेल रहेको ।

१२. भैरव पुरस्कार गुठीद्वारा विसं २०८३ को ‘भैरव पुरस्कार’ कसलाई प्रदान गरियो ?

 हास्य व्यङ्ग्यकार आरसी. रिजाल (राशि: रु. १,११,१११/–)

– भैरव वाङ्मय पुरस्कार : टेकवीर मुखिया (वरिष्ठ चित्रकार)

– पुरस्कार राशि : (राशि: रु. १,११,१११/–)

– भैरव प्रतिभा पुरस्कार : स्रष्टा देवीप्रसाद चापागाईं (राशि: रु. ५१ हजार १ सय ११)

१३. नेपाल राष्ट्र बैङ्कको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर कति प्रतिशत रहने अनुमान छ ?

 ५.४० प्रतिशत (राष्ट्रिय आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान)

– प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको ७६.५३ प्रतिशत, उद्योग क्षेत्रको १२.२४ प्रतिशत र कृषि क्षेत्रको ११.२३ प्रतिशत योगदान रहेको ।

– समग्र बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशत र बाली उत्पादन ७.८ प्रतिशतले घटेको (प्रमुख खाद्यान्नमध्ये जौ सर्वाधिक १३.६ प्रतिशतले बढेको र अन्डा उत्पादन ८.३ प्रतिशतले घटेको) ।

– उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग बढेर ४१.०८ प्रतिशत (अघिल्लो वर्ष ३७.४९ प्रतिशत) पुगेको र होटेलहरूको औसत अकुपेन्सी ४७.९ प्रतिशत रहेको ।

– प्रदेशमा कुल निक्षेप सङ्कलन ९.७९ प्रतिशत र कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेको

– (कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा ३६.८१ प्रतिशत र कृषिमा ३.३ प्रतिशत प्रवाह भएको) ।

– घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ९.६ प्रतिशतले बढे तापनि सोबापतको राजस्व सङ्कलन १६.८ प्रतिशतले घटेको ।

– कुल विनियोजित ६७ अर्ब ४८ करोड बजेटमध्ये ६८.१८ प्रतिशत (४६ अर्ब रुपियाँ) खर्च भई ३० अर्ब ६७ करोड रुपियाँ राजस्व सङ्कलन भएको ।गोरखापत्र

Share This Article
Leave a Comment