कर्णाली याक्सले टस जितेर फिल्डिङ रोज्यो

1 Min Read

कात्तिक १२ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
टस सम्पन्न भए पनि त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा भइरहेको छ। वर्षाका कारण मुख्य पिचलाई त्रिपालले ढाकिएको छ भने आउटफिल्ड खुला राखिएको छ।
वर्षाकै बीच अम्पायरले छाता ओढेर टस गराएका थिए। टसपछि दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन्।

Share This Article
Leave a Comment