आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

1 Min Read

१० असोज, निर्वाचन आयोगले आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आउँदो प्रतिनिधिसभा चुनावमा मतदान गर्न पाउने जनाएको छ । आयोगले प्रेस विज्ञप्ति निकाल्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएको हो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ५ मा १८ वर्ष पूरा गरेका बालिग नागरिकले मतदान गर्नसक्ने व्यवस्था रहेको छ । १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र मतदाता नामावलीमा नाम दर्ता भएका मध्ये २०८२ साल फागुन २० गते सम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य चुनावमा भोट हाल्न पाउने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Share This Article
Leave a Comment