ओभिएडोमाथि बार्सिलोनाको पुर्नआगमन जित

1 Min Read

१० असोज, काठमाडौँ । रोबर्ट लेवनडोस्की र रोनाल्ड आराहोउको गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार रियल ओभिएडोमाथि पुर्नआगमन ३–१ को जित रचेको छ ।

ओभिएडोले अल्बर्टो रेनाको गोलले अग्रता लिएपछि बार्सिलोनाका लागि एरिक गार्सियाले बराबरी गोल फर्काए । त्यसपछि लेवनडोस्की र आराहोउले गोल गरेका हुन् ।यो जितपछि बार्सिलोनाको छ खेलबाट १६ अंक भएको छ र दोस्रो स्थानमा छ । रियल म्याड्रिड समान खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ ।

Share This Article
Leave a Comment