पार्टीको सम्पूर्ण शक्ति चुनाव जित्न खर्च गरौं : केन्द्रीय सदस्य इन्द्र भण्डारी

1 Min Read

फागुन ३ , झापा। नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनाव नजिकिँदै गर्दा पार्टीभित्रका आन्तरिक विवाद थाती राखेर एकजुट हुन आग्रह गर्नुभएको छ।
दमक नगरपालिका वडा नं. ६ को विस्तारित बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले फागुन २१ गते हुने निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने बताउनुभयो। “देश जलाउने र देश बनाउने शक्तिबीचको प्रतिस्पर्धा हो, यसलाई एमालेले जित्नैपर्छ,” उहाँको भनाइ थियो।

भण्डारीले झापा–५ ले अघिल्ला निर्वाचनमा बनाएको विजयको इतिहासलाई यस पटक पनि निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो। भदौ २३ र २४ गतेको विध्वंसपछिको अवस्थाले देश नै रहने कि नरहने भन्ने अन्योल सिर्जना भएको भन्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतले विजयी गराउन सम्पूर्ण कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
बैठकले आगामी ११ गते दमकमा हुने नेसनल भोलेन्टियर्स फोर्सको प्रदेशस्तरीय कार्यक्रममा कम्तीमा एक हजार जना सहभागी गराउने निर्णय गरेको निर्वाचन परिचालन कमिटीका संयोजक डा. बुद्धिशेखर भट्टराईले जानकारी दिनुभयो।
यसैगरी, बैठकले निर्वाचनका दिन बुथस्तरीय जिम्मेवारी विभिन्न नेताहरुलाई तोक्ने निर्णयसमेत गरेको जनाएको छ।

Share This Article
Leave a Comment