काठमाण्डौ – गएको भदौ २४ गतेको प्रदर्शनमा तोडफोड र आगजनी गर्ने तथा जेनजी भन्दै धम्क्याउनेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । केही दिनअघि जेनजी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाण्डौले उनलाई पक्राउ गरेको हो । उनको गतिविधिलाई लिएर गुनासो आएपछि सोधपुछ र अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनको गतिविधिबारे गुनासो गरेपछि प्रहरीले उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको अभियोगमा परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

