प्रधानमन्त्रीले निर्वाचन तयारीबारे ७ राजनीतिक दलसँग छलफल गर्दै

1 Min Read

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् ।

छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको  सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन भएको थियो ।

यो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।

Share This Article
Leave a Comment