पुष १०- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन् । काठमाडौँको बुद्धनगरमा बसेको केन्द्रीय समितिको विशेष बैठकमा विप्लवले एक्लै निर्वाचनमा भाग लिने ब्रिफिङ गरेका हुन् ।
‘माओवादी अहिले कसैसँग चुनावी तालमेल गर्दैन । हामी १ सय ६५ स्थानमा एक्लै प्रतिस्पर्धा गर्छौं । हामी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छौँ ।

