आजको सबै टिकट सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

1 Min Read

 १ मंसिर- नेपाल प्रिमियर लिग (एनपीएल) को आजको सबै टिकटहरू सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले सूचना निकालेर टिकट नभएकाहरुलाई वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा सहयोग गरिदिन अनुरोध गरेको हो । एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो २ बजे शुरू हुँदैछ ।

उद्घाटन खेलमा दिउँसो ४ बजेदेखि  काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् ।

Share This Article
Leave a Comment