आज कोजाग्रत पूर्णिमा : राति जाग्राम बसेर समापन गरिँदै

1 Min Read

कात्तिक ८ – दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ ।

असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुकापछि सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार विजयादशमीको दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ ।

घरघरमा घटस्थापना गरि राखिएको जमरालाई आज नजिकको पवित्र स्थल, नदी, तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउनुहुन्छ ।

नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

Share This Article
Leave a Comment