आज देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना  

1 Min Read

२२ असोज- देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले विभिन्न प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।

हाल कोशी ,बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भएको छ। सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने मधेससहित सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।

गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

Share This Article
Leave a Comment