आज पनि बढ्यो सुनचाँदीको मूल्य

1 Min Read

पुस ९ ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । 

मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु. दुई लाख ६७ हजार २०० र चाँदी रु. चार हजार २५५ मा किनबेच भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु. दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू. चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दुवै धातुको मूल्य हालसम्मको उच्च हो । 

Share This Article
Leave a Comment