९ पुस – सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ ।
उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीव्रता दिएर दलहरूकै कार्यालयमा पुगेर वार्ता गरिरहेको उल्लेख गरे। उनले भने,“निर्वाचनको वातावरणका लागि सरकारले चरणबद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमानदारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्दै सन्देश हो र दलहरुलाई सकारात्मक दबाब पनि हो ।”
सरकारी टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग वार्ता गरेको थियो ।

