इटहरी गोल्डकपः फाइनल खेल यही वैशाख ७ गते हुने

1 Min Read

६ बैशाख — प्लानिङ ब्वाइज काठमाडौँ इटहरीमा जारी १६औँ अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ भने प्रतियोगिताको फाइनल वैशाख ७ गते हुनेछ ।
शनिबार भएको सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खेलको ‘प्लेयर अफ दी म्याच’ फागुराम थारू घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, सर्वाधिक गोलकर्तालाई २५ हजार तथा अन्य विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

Share This Article
Leave a Comment