एएफसी१७ वर्षमुनिको महिला एशियन कप छनोटमा केहीबेर पछि नेपालको थाइल्यान्डसँग प्रतिस्पर्धा हुदै

1 Min Read

काठमाण्डाै – एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालको आज घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा हुदैछ । याे खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा अहिले बेलुका सवा ५ बजे शुरू हुनेछ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७ गोलले हराएको थियो ।

समूह ‘एफ’ मा नेपालसँगै तुर्कमेनिस्तान र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने छ ।

Share This Article
Leave a Comment