पुस ५- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकारलाई आग्रह गरेका छन्।
शनिबार भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभामा संयोजक प्रचण्डले देशमा कम्तिमा एक लाख मानिस पनि अटाउने मैदान नहुनू देशकै लागि लज्जाको विषय रहेको बताउँदै खुला मञ्च खुला गर्न आग्रह गरेका हुन्।
‘५०/६० हजार, एक लाख मान्छे जम्मा भएर बस्ने ठाउँ भएन। राजधानीमा विशाल सभा गर्न एउटा स्थल अनिवार्य रहेको बताए।

