एमालेको कार्यवाहक अध्यक्ष बने रामबहादुर थापा

1 Min Read

चैत १८ गते । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकै अवस्थामा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ ।
ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा ओली हाल हिरासतमा रहेका छन् । उनी हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई सुम्पिएको जानकारी एमाले नेताहरूले दिएका छन् ।
‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले बताए ।
यसैबीच, आजै बसेको एमाले संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा समेत चयन गरेको छ ।
संसदीय दलको नेता चयन भएपछि थापाले संसदमा संख्यात्मक रूपमा कमजोर देखिए पनि जनमतका हिसाबले प्रतिपक्ष बलियो रहेको दाबी गरे ।
एमालेको पछिल्लो महाधिवेशनबाट थापा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Share This Article
Leave a Comment