केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ। जेनजी आन्दोलनपश्चात ललितपुरको जावलाखेल बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव, आसन्न पार्टीको राष्ट्रिय महाधिवेशन र जनपरिचालन, आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।
यस अगाडि बसेको एमालेको सचिवालय बैठकले पार्टी ११ औँ महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको स्थान र समय केन्द्रीय कमिटीले निर्धारण गर्ने उनले बताए।

