कांग्रेसले छाड्यो मधेस सरकार

1 Min Read

८ असोज, काठमाडौं।  नेपाली कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आज बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिँदै आएको समर्थन आजका मितिदेखि नरहेको निर्णय गरेको हो।

जनमत पार्टीको नेतृत्वमा मधेस सरकार बनेको थियो। जनमत पार्टीका सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। मधेस सरकारमा कांग्रेसका ४ मन्त्री थिए। उनीहरूलाई पनि फिर्ता आउन पार्टीले भनेको छ।

जनमत पार्टीका सांसदहरू मधेस प्रदेश सभामा प्रतिपक्षी बेन्चमा बस्न थालेको छ। 

‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं, मुख्यमन्त्रीकै पार्टीका सांसद प्रतिपक्षी बेन्चमा बस्न थालेका छन्, यस्तो अवस्थामा के सरकारमा बसिरहनु?,’ कांग्रेस मधेस सभापति कृष्ण यादवले भने।

कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यसमेत गरेको छ। 

Share This Article
Leave a Comment