कांग्रेस सभापति गगन थापाले लिए शपथ

1 Min Read

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथ लिएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् । 

थापा कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए । 

थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका थिए । 

Share This Article
Leave a Comment