काङ्ग्रेस फुटदैन ढुक्क हुनुहोस् : महामन्त्री शर्मा

1 Min Read

१८ पुस– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुनेकुरामा विश्वस्त हुन नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ।

कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यालय सानेपामा पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै पार्टी विभाजन नहुने बताउनु भएको हो ।विधानको व्यवस्थाअनुसार कारयक्रम गरेर जाँदा कांग्रेस फुट्दैन एक ढिक्का रहन्छ । कसैले आशंका नगरे हुन्छ भन्ने महामन्त्री भनाइ छ ।

कांग्रेसमा महामन्त्रीद्वय शर्मा र गगन थापा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग गरेअनुसार नै विशेष महाधिवेशन गरेर जानुपर्ने पक्षमा छन् । तर संस्थापकहरू भने निर्वाचनअघि पार्टी अधिवेशन गर्न नहुने पक्षमा छ ।महामन्त्रीहरू भने फागुन २१ को निर्वाचनअघि पार्टीमा नयाँ नेतृत्वसहित जानुपर्नेमा छन् ।

Share This Article
Leave a Comment